अप्रिल २०११- विश्‍वव्यापी खगोल महिना: याद राखौं

अप्रिल २०११ फेरी एक पटक सम्पूर्ण खगोलविदहरुकालागी व्यस्त महिना हुनेछ किनभने फेरी एक पटक विश्‍वव्यापी खगोल महिना (GAM ) आफ्नो दोस्रो अध्याय लिएर फर्किएको छ । एस्ट्रोनोमर्स विदआउट बोर्डर्स (AWB) नामक संस्थाले आयोजना गर्ने यस वार्षिक कार्यक्रम अप्रिल महिना भरी संचालन हुन्छ । अन्तराष्ट्रिय खगोल वर्ष २००९ को एक कार्यक्रम '१०० HA' को निरन्तरता स्वरूप ब्रम्हाण्डको उत्सव मनाएर विश्‍वव्यापी खगोल महिना संसार भरी मनाइन्छ ।

सम्पूर्ण खगोल सम्बन्धित संस्था, पाठशाला, विज्ञान केन्द्र तथा खगोलमा रुची राख्ने व्यक्तीहरुलाई यस महिनामा खगोल सम्बन्धी विभिन्न कार्यक्रमहरु जस्तै सेमिनार, वक्तीत्व, अवलोकन आदी संचालन गरेर यस महिना खगोलको उत्सव मनाउन आव्हान गरिन्छ । विश्‍वव्यापी कार्यक्रम अथवा आफ्नै सोचाइ अनुरूप कार्यक्रमहरु आयोजना गरेर GAM २०११ मनाउन सकिनेछ ।

यो GAM को दोस्रो अध्याय हो जुन GAM २०१० को अत्याधिक सफलता पछी त्यसैको निरन्तरता स्वरूप आयोजना हुँदैछ । पहिलेको वर्ष AWB ले सातओटा विश्‍वव्यापी कार्यक्रमहरु संयोजन गरेको थियो जसमा आकाशीय पिण्डको अवलोकन, विश्‍व शान्ती कार्यक्रम, प्रकाश प्रदुशण आदीका साथै स्थानिय स्तरका कार्यक्रमहरुलाई प्रोत्साहित गर्नु पनि थियो ।

GAM २०११ कालागी अझै धेरै विश्‍वव्यापी कार्यक्रमहरुको संरचना कोरिएकोछ । महिनाको सुरुवातमा अप्रिल २ वा ३ मा शनि अवलोकन छ भने अप्रिल ९ मा विश्‍वव्यापी तारा भोज मनाइनेछ । यस दिनको रात्री प्रहरमा आफुसंग भएको दूर-दर्शक यन्त्र आकाश तर्फ फर्काएर आकाशिय पिण्डहरुको अवलोकन गरिनेछ । हाम्रो प्राकृतिक उपग्रहको अवलोकन गर्न अप्रिल १० देखी १६ सम्म चन्द्र सप्ताह आयोजना गरिनेछ । अप्रिल १७ मा सूर्य दिवस मनाइनेछ जसमा हाम्रो सबैभन्दा नजिकैको तारा सूर्यको अवलोकन गरिनेछ । त्यसैगरी अप्रिल २२ मा लिरिड उल्का वर्षा पनि रहेकोछ । अन्य थुप्रै कार्यक्रमहरु GAM को वेवसाइटमा रखिनेछ जसमा दूर अवलोकन कार्यक्रम तथा कस्मिक कन्सर्ट पनि रहेका छन् ।

विश्‍वव्यापी खगोल महिना मनाउने अन्य कारणहरु:
- GAM मार्फत अन्तराष्ट्रिय जगतमा आफ्नो तथा आफ्नो संस्थाको चिनारी दिन ;
- GAM मार्फत अन्य ख्यातीप्राप्त व्यक्ती तथा संस्थाको ध्यानाकर्सणकोलागी विभिन्न अवसर पाउन ;
- स्थानिय संस्था, जन मानस तथा संचार सँगको सम्बन्ध सुमधूर पार्न ;
- अन्य मनिसहरुमा आकाश प्रतीको जन चेतना जगाउन ।

"सबैकालागी केही न केही छ" भन्छन AWB का अध्यक्ष माइक सिमोन्स । "एकताको परिणाम IYA २००९ मा देखिसकिएकोछ र त्यही उत्साहलाई GAM ले हाम्रो ब्रम्हान्डको रहस्य पत्ता लगाउन निरन्तर प्रयोग गरेको छ । "

आउनुहोस र अप्रिल महिनाको यस माहान उत्सवमा सहभागी हुनुहोस किनभने विश्‍वव्यापी खगोल महिनाले संसारभरिका हजारौं मानिस र सैयौं संस्थाहरुलाई आफ्नो उत्सुकता तथा नवाचार आदानप्रदान गर्न र एक “व्यक्ति, एक आकाश” को भाव उजागर गर्न एकसाथ उभ्याउनेछ ।

मिती याद राखौं : अप्रिल २०११- विश्‍वव्यापी खगोल महिना

####





थप जानकारीकालागी:

- वेबसाइट: www.gam-awb.org
- ट्वीटर: http://twitter.com/GAM_AWB
- फेसबुक: : http://www.facebook.com/pages/Global-Astronomy-Month-2011/139709899412771

AWB को जानकारी:

AWB (एस्ट्रोनोमर्स विदआउट बोर्डर्स) एक अन्तराष्ट्रिय संस्था हो जुन राष्ट्रिय तथा सांस्क्रितिक सिमाना भन्दा माथी उठी विश्‍वव्यापी खगोलको अपिलहरु बीच सम्बन्ध बनाई समझदारी र सदिक्षा कायम गर्न समर्पित रहेकोछ । AWB ले एक आधारभूत कुराको साझेदारी गर्छ, त्यो हो- आकाशको साझेदारी ।

सम्पर्कको लागि:

माइक सिमोन्स-
अध्यक्ष, एस्ट्रोनोमर्स विदआउट बोर्डर्स
सभापति, GAM २०११, कार्यकारी समुह
mikes@gam-awb.org
‌‌+१ ८१८ ४८६ ७६३३

थिलीना हीनातिगाला-
GAM २०११ संयोजक
thilina@gam-awb.org
+९४ ७१६ २४५ ५४५

ओएना सांडू-
GAM २०११ , पब्लिक रिलेसन्स कोअर्डिनेटर
oana@gam-awb.org
‌+४० ७२४ ०२४ ६२५

नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो)

एच बि कम्प्लेक्स, ललितपुर

info.naso@gmail.com

Comments

Popular posts from this blog

Reason’s poser for great minds:Nepali Student presents a theory in NASA this May!

Portugal dissapointed France winning UEFA Euro2016!

Watch Euro 2016 Final Match: France vs Portugal Live Stream from Nepal!